सुनाखरी न्युज/ काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सांसदहरूले बैठक सुरु हुनुअघिदेखि अवरोध गरिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुर्याएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले उभिएर विरोध जनाउँदै विरोध जनाइरहेका छन् । आइतबारको बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणिकरणमा संविधानको उल्लंघन भएको र फुलबारी नाकाको साटोमा कालापानी छाड्न तयार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ नदिउन्जेल चल्न नदिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता पाउनु नेपालीको अधिकार भए पनि जुन प्रक्रियाबाट प्रमाणीकरण गरिएको छ त्यसको विरोध गर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलको नेता राजेन्द्र लिङ्देनले लामो समयसम्म प्रमाणीकरण नगरेको भारत भ्रमण अघि किन प्रमाणीकरण गरियो यो विषयमा सरकारले जवाफ दिनुपर्छ । उनले नागरिकता मात्रै नभएर राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति रहेको बताए ।
उनले नागरिकता मात्रै नभएर राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति रहेको बताए । ‘भारत भ्रमणसहितको विषय प्रधानमन्त्रीले जवाफ नदिन्जेल यो संसद अघि बढ्न सक्दैन,’ लिङ्देनले भने ।’