२०८१ बैशाख ८ , शनिवार

सुन तोलामा १७०० सयले सस्तियो

सुनाखरी न्युज/ काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

सुनको यो भाउ हालसम्मकै उच्च हो। आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।