२०८१ बैशाख १४ , शुक्रवार

नागरिकता विद्येयक : राष्ट्रपतिको कदमविरुद्द दिइएको रिटमाथि आज प्रारम्भिक सुनुवाइ

सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रपतिले अघिल्लो संसदमार्फत पारित भएको नागरिकता विद्येयक प्रमाणित गर्नु अवैधानिक भएको भन्दै सर्वोच्चमा परेको रिटमाथि आज प्ररम्भिक सुनुवाई हुने भएको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार विवादित नागरिकता विद्येयक प्रमाणिकरण गरेका थिए । सोको विरुद्ध डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट रिट दर्ता गराएका थिए । भण्डारी र न्यौपानेले दिएको रिट निवेदनको पेसी आजको लागि तोकिएको छ ।राष्ट्रपतिको कदमपछि नागरिकता विद्येयकको पक्ष र विपक्षमा विभिन्न तर्कहरु आइरहेका छन् । अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्नुपर्ने साथै विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश दिन समेत रिट निवेदनमा माग गरिएको छ ।

 

सो रिट निवेदनमा टुंगो नलाग्दा सम्म नागरिकता ऐन, २०६३ को दफा ९ मार्फत मात्र नागरिकता वितरण गरिनुपर्नेसमेत माग गरिएको छ । त्यस्तैगरी गरिकता प्राप्त गर्न नसकी अध्ययन गर्न, पेसा व्यवसाय गर्न अप्ठ्यारोमा परेका नेपाली नागरिक पहिचान गरी अस्थाई निस्सा प्रदान गर्न पनि माग गरिएको छ ।