२०८१ बैशाख १४ , शुक्रवार

प्रधानमन्त्रीले गरे टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन

सुनाखरी न्युज/ नयाँ दिल्ली ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा भ्रमण दलका सदस्यहरूले मध्य प्रदेशमा शनिबार इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन् । प्रधानमन्त्रीसँग भ्रमण दलमा रहेका मन्त्री तथा व्यवसायीहरू पनि स्थलगत अवलोकनमा सहभागी थिए । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा त्यहाँको परिसरमा वृक्षारोपण पनि गरेका छन् ।

यसअघि प्रधानमन्त्री फोहोर व्यवस्थापन केन्द्र, टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका थिए भने प्राचीन सहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।