२०८१ बैशाख ४ , मंगलबार

पत्नीको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डले गरे विशेष पूजा

 

सुनाखरी न्युज/  काठमाडौँ –  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् ।  पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ ।

विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए । भारतीय अधिकारीहरूका अनुसार मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएका हुन् ।

महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०० रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।