२०८१ बैशाख २१ , शुक्रवार

सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेताहरुलाई सम्मान

सुनाखरी न्युज/ काठमाडौं । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई तेन्जिङ्गहिलारी एभरेष्ट म्याराथन २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफलभएकोमा सम्मान स्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

 

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्तव संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्गहिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरु धाविकामञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रममाझसम्मान स्वरुपनगदपुरस्कारहस्तानतरणगरेको छ। म्याराथनमा महिलाततर्फ प्रथमहुन सफलभएकीधाविकाश्री मञ्जु रावतलाई सम्मान स्वरुप रु ७५,००० प्रदान गरिएको थियो भने पुरुषतर्फ दोस्रो स्थानप्राप्त गर्न सफलभएका  दल बहादुर कुँवरलाई रु ५०,००० प्रदान गरिएको थियो। कार्यक्रममा सिप्रदीयन सहायता संस्थाकावरिष्ठ उपाध्यक्षशम्भुप्रसाद दाहल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेश प्रसाद गिरी र कोषाध्यक्षश्री सौरभ राजथापालियाले विजेताहरुलाई बधाई दिदै नगद पुरस्कार प्रदान गर्नु भएको थियो।

 

खेलकुदक्षेत्रको विकास र खेलाडीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँगविगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ। अल्ट्रा म्याराथन दौड तालिमकालागिजेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरि प्रशिक्षणका लागिआवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ।

 

संस्थाकावरिष्ठ उपाध्यक्षशम्भुप्रसाददाहलकाअनुसार,“आज हामी यहाँ खेलाडी विजेताहरुको साथै उनीहरुलाई प्रत्यक्ष रुपमा दैनिक प्रशिक्षणमा योगदानपुर्याउने गिनिजबूकअफ वल्र्ड रेकर्ड होल्डर हरी बहादुर रोकायालाई पनि परिश्रम र समर्पणको लागिधन्यवाद दिन चाहन्छौँ। प्रशिक्षकको अथकप्रयास, खेलाडिहरुको कठोर मेहनतमाआर्थिक सहयोग गरेर आज यो जितसंग आबद्ध हुनपाउँदा हामी गौरवान्वित छांैर भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहिन्दर र मेहनती खेलाडीहरुको हितमाकाम गर्नेमा म विश्वस्तछु ।“

 

सिप्रदी सहायता संस्थाका बारेमा
सन् २०१२ मा स्थापनाभएको सिप्रदीयन सहायता संस्था गैरनाफामूलकनिरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्थाहो। सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिकउत्तरदायित्वसँग सम्बन्धीक्रियाकलापहरू संचालन गर्नका लागिसिप्रदीयन सहायता संस्थाको स्थापना गरिएको हो ।

संस्थाले योग्य तर आर्थिक रुपमाकमजोर बालबालिकालाई छात्रवृत्तिप्रदानगर्दै र दुर्गम क्षेत्रमाप्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्यलिएको छ । संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु तथा फरक क्षमताभएकाव्यक्तिहरुलाई सेवा र सहयोग हरसम्भव पुर्याउने लक्ष्यलिएको छ । यसको साथै संस्थाले प्राकृतिकविपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धीकार्यमा सहयोग गर्दै आएको छ ।