सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको सीटीईभीटीको गाडी सुनकोशीमा खसेको छ । मध्य पहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिकाको लौकुलमा भएको दुर्घटनामा गाडीका ड्राइभर झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।
ड्राइभर गाडीमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रवाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।