२०८१ बैशाख २६ , बुधवार

तौल बढाउनका लागि ४ प्रकारले खानुहोस् मह

सुनाखरी न्युज/ काठमाडौं । मह स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई खाएर तपाईं तौल बढाउन पनि सक्नुहुन्छ । आउनुहोस् तौल बढाउनका लागि मह खाने तरिकाहरुका बारेमा जानौं ।

 

मह र केरा: यदी तपाईं तौल बढाउन चाहनुहुन्छ भने महसँग केरालाई मिसाएर खान सक्नुहुन्छ । यसका लागि तपाईं दुई वटा केरालाई एउटा कचौरामा मिचेर त्यसमा मह मिसाउनुहोस् । अब उक्त मिश्रणलाई दैनिक बिहानको नास्तामा खाने गर्नुहोस् । दैनिक मह र केराको मिश्रणको सेवन गर्नाले तपाईंको तौल बढ्दै जानेछ ।

मह र दुध: मह र दुधको मिश्रण पनि तौल बढाउनका लागि एकदमै असरदार हुन्छ । यसका लागि तपार्ई एक गिलास दुध तताउनुहोस् । यसमा दुई चम्चा मह र केही सुख्खा फलहरुको पाउडर मिसाएर पिउनुहोस् । यसलाई दैनिक बिहान वा रातको समयमा पिउन सकिन्छ । दैनिक यो खाने गर्दा तौल बढ्न थाल्छ ।

 

 

मह र किसमिस: मह र किसमिस खाएर पनि तपाईं आफ्नो तौल बढाउन सक्नुहुन्छ । यसका लागि तपाईले एउटा कचौरामा दुई चम्चा मह राख्नुहोस् । यसमा ५–७ वटा किसमिस राख्नुहोस् र रातभर भिज्नका लागि राख्नुहोस् । बिहान उठेर मह र किसमिसलाई साथमा खाने गर्दा पनि तौल बढाउन सकिन्छ ।

मह र अंजीर: अंजीरमा क्यालोरी एकदमै धेरै मात्रामा हुन्छ । त्यसैले यदी तपाईं तौल बढाउन चाहनुहुन्छ भने मह र अंजीरलाई साथमा मिसाएर खान सकिन्छ । यसका लागि तपाईं एक गिलास दुधमा केही अंजीर राख्नुहोस् र राम्रोसँग उमाल्नुहोस् । अब उक्त दुध सेलाएर मनतातो भएपछि एक चम्चा मह मिसाएर पिउनुहोस् ।एजेन्सी