२०८१ बैशाख ३१ , सोमवार

आज पनि बन्यो सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ। सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। हिजो प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो।

 

यो सातामात्रै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको भाउ लगातार बढिरहेको छ। आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।