२०८० चैत्र १६ , शुक्रवार

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ

सुनाखरी न्युज/ काठमाडौं । फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको सुटिङका बेला निकै गाह्रो किसिमले तयारी गरेकी थिइन्। यहाँसम्म कि उनले ४० घण्टासम्म पानीसमेत पिइनन्। अदाले सामाजिक सञ्जालमा ‘द केरला स्टोरी’को सुटिङको समयका केही रोचक तस्वीर सार्वजनिक गरेकी छन्।

 

उनले एक कलाकारका रुपमा यस्तो काम गर्नु खुशीको कुरा भएको पनि बताएकी छन्। ‘जुन कामले मलाई शारीरिक र मानसिक रुपले अगाडि बढायो। म जति सक्दो आश्वस्त पार्न चाहन्थे। म खानाको सौखिन छु र म आम रुपमा एकदिनमा पाँच लिटर पानी पिउँछु। तर त्यहाँ यो काम मुस्किल थियो,’ उनले भनेकी छन्।

 

अदाले अफगानिस्तानको आतंकवादी शिविरबाट भाग्ने चरित्रमा देखिन कै लागि पानीसमेत पिएकी थिइनन्। ‘हामीले माइनस १६ डिग्री र निकै कम अक्सिजनमा कठिन परिस्थितिमा सुटिङ गर्‍यौ। युनिटका सदस्यले बिरामी परिन्छ भन्दा पनि मैले भोजन र पानी बिना राम्रो किसिमले काम पुरा गरेँ’, उनले भनेकी छन्।