२०८१ बैशाख ८ , शनिवार

चलचित्रमा पनि विद्यार्थीलाई ५० प्रतिशत छुट !

सुनाखरी न्युज/ काठमाडौं । सार्वजनिक सवारी साधन, पार्क तथा चिडिया घरमा विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको हुन्छ । तर, पछिल्लो समय सरकारले चलचित्रमा समेत विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

 

आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत सरकारले चलचित्रका लागि विद्यार्थीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । यद्यपि, यस्तो छुट शनिबार र अन्य सार्वजनिक बिदाका दिनमात्र विद्यार्थीले उपभोग गर्न पाउने छन् ।

 

आर्थिक विधेयकको अनुसूची ४ को बुँदा १० मा छुट सम्बन्धी व्यवस्था गर्दै भनिएको छ, ‘विद्यार्थी वर्गको सहुलियतको लागि शनिबार बिहान ८ बजेको र सार्वजनिक बिदा परेका दिनको बिहान ८ बजेको चलचित्र प्रदर्शनमा चलचित्र विकास शुल्कमा पचास प्रतिशत छुट दिइनेछ ।’