२०८१ बैशाख ११ , मंगलबार

यस्ता छन् नेपाल र भारतबीच भएका मुख्य संझौता

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सातवटा संझौता भएको छन् ।

नेपाल र भारतको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि ती संझौता भएका हुन् । दुइदेशबीच क्रस बोर्डर डिजिटल पेमेन्ट, पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई भारतको सिलगुडीलेखि नेपालको झापासम्म निर्माण गर्ने लगायतका मुख्य संझौता भएका छन् । प्रतिनिधिमण्डल स्तरीय वार्तापछि प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा आयोजित संयुक्त पत्रकमर सम्मेलनमा यस्तो जानकारी लिइएको हो ।

यस्ता छन् संझौता
१. सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी

२.तल्लो अरुण जलबिद्युत आयोजनाबाट भारतीय कम्पनीले नेपाललाई बिजुली दिने संझौता

३. क्रस बोर्डर पेमेन्ट समझदारी

४.सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

५ .अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

६.दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी

७. फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट सम्झौता