२०८० चैत्र १५ , बिहिवार

बलात्कारको मुद्दामा अमेरिकी अभिनेता डयानीलाई ३० वर्ष जेल सजाय

सुनाखरी न्युज /  अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिलामाथि बलात्कार पुष्टि भएको छ । उनीमाथि लगाइएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि उनलाई जेल सजाय तोकिएको हो । अदालतले ३० वर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसालासँगै उनलाई हत्कडी लगाएर नियन्त्रणमा लिइएको छ ।

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं। तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जूरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं।’ आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । यद्यपि, उनले सो आरोप भने अस्विकार गरेका छन् ।

 

अदालतको फैसालासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म आजीवन जेल सजाय भोग्नु पर्नेछ ।