२०८१ जेठ १ , मंगलबार

सुनको भाउमा फेरि बन्यो नयाँ रेकर्ड

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइ चुमेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ। सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि हिजो बुधबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो।

 

यो दिन तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाा र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। हिजो पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।