२०८१ बैशाख २१ , शुक्रवार

९९ प्रतिशत सेयर लगानीकर्तालाई करको नयाँ व्यवस्थाले छुदैन : अर्थमन्त्री महत

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सेयरमा गरिएको करको प्रावधान ९९ प्रतिशत सेयर लगानीकर्तालाई नलाग्ने बताएका छन्।

 

बुधबार आर्थिक पत्रकार समाजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नियमित रुपमा सेयरको मात्रै कारोबार गर्नेलाई यसरी करको दायरामा ल्याउन यो नीति ल्याइएको बताएका छन्।

 

यस्तो कर कति कारोबारमा लगाउने, कस्तो कारोबार गर्नेलाई नियमित कारोबार भन्ने विषय परिभाषित गर्न बाँकी रहेको महतले बताएका छन्।