२०८१ बैशाख २१ , शुक्रवार

बजेटले निराश लगानिकर्ता, आज पनि ३८ अंकले घट्यो नेप्से

Share Down

सुनाखरी न्युज/ काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ३८.८३ अंकले घटेर एक हजार ८ सय ७९ दशमलब १२ विन्दुमा बन्द भएको हो ।

मंगलबार नेप्से ५३.१६ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको थियो । शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

 

आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार दशमलव ४० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार युनिलिभर नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक प्रमोटरको भएको छ । यस कम्पनीको आज ३४ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।