२०८१ बैशाख २२ , शनिवार

चिनी र नुनमा कुन बढी हानिकारक ?

सुनाखरी न्युज / कतिपय अवस्थामा चिकित्सकहरु भनिरहेका हुन्छन, ‘नुन बढी नखानु, चिनी सकभर नखानु ।’ के स्वास्थ्य आहारमा नुन र चिनी जरुरी छैन ? हाम्रो जिब्रोमा सदियौंदेखि जरा गाडेको नुन अनि चिनी स्वादका लागि मात्र खाइन्छ ? हाम्रो खानपानबाट यी दुई चीज सर्लक्कै हटाइदिए के हुन्छ ? हामीले खाएको खानाको सिधा असर मुटुको स्वास्थमा पर्छ । अहिले मानिस मसलायुक्त, नुनिलो तथा गुलियो खाद्य पदार्थ अत्यधिक सेवन गर्छन् । तर, त्यस्ता खानेकुराले नै मुटु सम्बन्धि रोग उत्पन्न गराउँछ ।

 

अहिले हामीले खाने खानामा नुन र चिनीको प्रयोग हदभन्दा बढी गरिन्छ । अहिल यी दुई सेता खानेकुरा स्वास्थका शत्रु मानिन्छन् ।विशेषज्ञ र विभिन्न अध्ययनले नुन र चिनी पर्याप्त प्रयोग भएका खाद्य पदार्थले मुटुलाई बिरामी बनाउने बताएका छन् । चिनी र नुनले कसरी मुटुको स्वास्थ्य बिगार्छ त ? जंक फूड, सफ्ट ड्रिंक्स, फ्रुट जूस, कुकीज, क्यान्डी, केक आदिमा चिनीको मात्रा अत्यधिक हुन्छ । यी कुराको अत्यधिक सेवनले विभिन्न गम्भीर स्वास्थ्य समस्या हुन्छ । चिनीले सिधा मुटुलाई प्रभावित नगरेता पनि विभिनन जोखिम कारकलाई बढाएर मुटु प्रभावित गर्छ । चिनी फ्याटमा परिवर्तन हुन्छ, जसले फ्याटी लिभर र मोटोपन हुन्छ र मुुटु सम्बन्धि समस्याको खतरा हुन्छ ।

 

चिनीबाट मोटोपना र ब्लडप्रेसरको खतरा

चिनीको अत्यधिक सेवनले मोटोपन बढाउने अत्यधिक खतरा हुन्छ, किनभने चिनी फ्याटमा परिवर्तन हुन्छ । अतिरिक्त चिनीले पुरानो सुन्निने समस्यालाई बढाउनुको साथै ब्लड प्रेसर पनि बढाउछ । जसले गर्दा लामो समयपछि हृदय रोग हुने खतरा हुन्छ ।

 

नुन मुटुका लागि कसरी हानिकारक ?

सोडियमको अत्यधिक मात्राको सेवन मुटुमात्र नभइ शरीरका अन्य अंगका लागि पनि हानिकारका छ । त्यसैले दिनहुँ ५ ग्रामभन्दा कम सोडियम खाने सल्लाह दिइन्छ । ब्रेड, पिज्जा, स्यान्डविच, मासु, सूप, नुनिला स्न्याक्स, पनीर र अमलेटजस्ता कुरामा नुुनको मात्रा अत्यधिक हुन्छ । नुनको अत्यधिक सेवनले रगतमा पानीको मात्रा बढाउँछ, जसले मुटुले धेरै मेहनत गर्नु पर्छ । जसले गर्दा ब्लड प्रेशर बढ्छ । बीपीका कारण मुटुको जोखिम बढ्छ ।

 

नुन र चिनीमध्ये मुटुका लागि कुन खतरनाक ?

चिनीले मोटोपना बनाउँछ, मधुमेहको खतरा हुन्छ । त्यस्तै एथेरोस्क्लेरोसिसलाई बढाउँछ । यी सबै मुटु सम्बन्धि समस्याको जोखिमसंग जोडिएका छन् । त्यस्तै सोडियमले ब्लड प्रेसर बढाउछ । जसले मुटु रोगको खतरा हुन्छ । अत्यधिक मात्रामा गरिएको नुन र चिनी दुबैको सेवनले मुटु रोगको जोखिम बढाउँछ ।