२०८० चैत्र १६ , शुक्रवार

बसन्त निरौलाको निर्देशनमा फिल्म ‘ज्वाइँ साब’ बन्ने

सुनाखरी न्युज/ काठमाडौं । बसन्त निरौलाको निर्देशनमा फिल्म ‘ज्वाइँ साब’ बन्ने भएको छ।

 

हलेसी मन्दिरमा पूजा गर्दै निर्देशक निरौलाले फिल्म निर्माणको घोषणा गरेका हुन्। रेड आई फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको छायांकन केही महिनामै सुरू हुने बताइएको छ। फिल्मको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियामा गरिनेछ। सविन अधिकारीले कथा लेखेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ।

 

फिल्मका लागि कलाकार छनोट जारी रहेको बताउँदै निर्देशक निरौलाले भने, ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौं। यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ।’उनले यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायत निर्देशन गरेका थिए।