२०८१ बैशाख २२ , शनिवार

चिल्लो र चम्किलो कपालको लागि घरेलु टिप्स

सुनाखरी न्युज / छोटो उमेरमा नै कपाल फुल्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। तर, सेतो कपाललाई अझ बढि सेतो हुन नदिन साथै कालो बनाउने उपायहरू हाम्रै घरमा नै हुन्छन्।चियापत्ती तपाईंको कपालका लागि पनि फाइदाजनक हुन्छ । त्यसैले केही सजिलो तरिकाले चियापत्ती कपालमा लगाउँदा तपाईंको कपाल बलियो तथा चम्किलो बनाउन सकिन्छ ।

 

कपालमा यदी चायाँको समस्या छ भने चियापत्तीको प्रयोग गर्न सकिन्छ । त्यसका लागि दुई गिलास पानीमा दुई चम्चा चियापत्ती र तुलसीको पात राखेर उमाल्नुहोस् । पानी कम भएपछि कागती मिसाएर टाउकोमा मसाज गर्दै लगाउनुहोस् ।चियापत्तीको पानीले कपाल धुने गर्दा पनि कपाल बलियो, बाक्लो र कालो बनाउन सकिन्छ । त्यसैले दुई गिलास पानीमा २–४ चम्चा चियापत्ती मिसाउनुहोस् । पानी उमालिसकेपछि चियापत्ती छानेर उक्त पानीले कपाल धुनुहोस् ।

 

चियापत्तीमा एलोबेरा मिसाएर लगाउँदा पनि कपालका लागि एकदमै फाइदा हुन्छ । त्यसका लागि एक गिलास पानीमा दुई चम्चा चियापत्ती राखेर उमाल्नुहोस् । उक्त पानीलाई छानेर चिसो भएपछि एलोवेरा जेल मिसाएर आफ्नो कपालको जरामा लगाएर आधा घण्टा छोड्नुहोस् । यसले कपाल मुलायम हुन्छ ।

 

त्यस्तै मेहेन्दी र चियापत्तीको मिश्रण पनि कपालका लागि राम्रो सावित हुन सक्छ । त्यसका लागि तपाईंले प्राकृतिक मेहेन्दी पाउडरलाई चियापत्तीको पानीमा ३ घण्टा भिजाउनुहोस् । अब उक्त मेहेन्दी पूरै कपाल तथा जरामा लगाउनुहोस् । यसले कपालको रंग सुन्दर हुनुका साथ कपालसम्बन्धी विभिन्न समस्याहरूबाट छुट्कारा पाइन्छ ।