२०८१ बैशाख २१ , शुक्रवार

स्मार्टफोनको एपलाई हाइड गर्ने तरिकाहरु

सुनाखरी न्युज /  काठमाडौं –  स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ र हामीले आफ्ना दैनिक जीवनका धेरै कामहरुका लागि स्मार्टफोनमा निर्भर हुन थालेका छौं । मित्रजन तथा परिवारसँग कुराकानी गर्नेदेखि सोसल मिडियामार्फत् मानिसहरुसँग जोडिन र मनोरञ्जन तथा उत्पादनशील कामहरुका गर्नका लागि समेत हामीले स्मार्टफोन प्रयोग गर्दछौँ ।आज हामी तपाईलाई आफ्नो स्मार्टफोनका कुनै महत्वपूर्ण एपलाई अरुको नजरबाट कसरी बचाउँने भनेर जानकारी दिदैछौँ ।

 

यसका लागि सर्वप्रथम स्मार्टफोनको सेटिंगमा जानुपर्ने हुन्छ । अब स्क्रोल गर्दै गएर प्राईभेसी ट्याबमा जानुपर्ने हुन्छ । अब प्राईभेसी प्रोटेक्सन ट्याब अन्तर्गत हाइड एप अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यति गरेपछि अर्को स्क्रीनमा प्राईभेसी पासवर्ड हाल्नुपर्ने हुन्छ ।

 

यहाँ तपाईले विभिन्न एपको सूची देख्न सक्नुहुनेछ र यसबाट आफूलाई लुकाउन मनलागेको एपलाई छान्नुपर्ने हुन्छ र टगल अन गर्नुपर्ने हुन्छ । अब डिन एपका लागि पासकोड राख्नुपर्ने हुन्छ ।यो पासकोड ह्यासट्यागबाट सुरु र अन्त्य भएको हुनुपर्ने हुन्छ । यही पासकोडले तपाईको फोनको हिड्डन एपहरुलाई हेर्न दिन्छ । यति गरेपछि तपाईले छनोट गरेको एप हराउने गर्दछ ।

 

एपलाई चलाउनु पर्दा लुकेको एपलाई तपाईले फोनको डायल प्याडमा पासकोड हालेर प्राप्त गर्न सक्नुहुनेछ । पासकोड हालेपछि लुकाइर्एको एप आफै चल्ने गर्दछ । तपाईले फोनमा एप छैन् जस्तो देखाउनका लागि एपको नोटिफिकेसन पनि अफ गर्न सक्नुहुनेछ ।