२०८१ जेठ ६ , आइतवार

सिटिजन्स बैंकद्वारा काठमाण्डौको काँडाघारीमा १८३ औँ शाखा सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं । विगत १७ वर्षदेखि सर्वसाधारणमाझ अनवरत रूपले सरल र सहज बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८३ औँ शाखा काठमाण्डौको काँडाघारीमा सञ्चालनमा ल्याएको छ।

आज जेठ १७ गते उक्त शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ कारोबारको सुरुआत गरिएको हो। यससँगै काठमाण्डौ उपत्यकाभित्र सिटिजन्स बैंकको ३६ शाखा सञ्चालनमा आएका छन्। सुविधा सम्पन्न ती शाखाहरुमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

 

यसका साथै आधुनिक बैंकिङ प्रणालिलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले यसअघि नै कियोस्क, ई–केवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुबिधाको सुरुआत गरिसकेको छ। साथसाथै, बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञाशा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।