२०८१ बैशाख ११ , मंगलबार

‘चेन्नई स्टोरी’ बाट हलिउड फिल्ममा डेब्यू गर्दै सामन्था

सुनाखरी न्युज/ काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभु हलिउड फिल्ममा डेब्यू गर्दैछिन्।

 

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार हलिउड फिल्म ‘चेन्नई स्टोरी’ मा उनले अभिनय गर्न लागेकी हुन्। हाल उनी वरुण धवनसँग वेब सिरिज ‘सिटाडेल’ को छायांकन गरिरहेकी छन्। यो प्रियंका चोपडा अभिनीत वेब सिरिजको हिन्दी संस्करण हो। ‘सिटाडेल’ छायांकन सकिएपछि उनी आफ्नो हलिउड डेब्यू फिल्ममा काम गर्नेछिन्। टिमरी एन मुराको उपन्यास ‘द अरेन्जमेन्ट अफ लभ’ मा आधारित हुनेछ। फिलिप जोनले निर्देशन गर्ने फिल्ममा विवेक कालराको पनि मुख्य भूमिका रहनेछ।

 

यो फिल्ममा दक्षिण एसियाली वेल्सम्यान (विवेक कालरा) को कथा देखाइने छ। जो आफ्नो बुवालाई खोज्न चेन्नईको यात्रामा निस्कन्छन्। त्यही क्रममा उनी एक जासुसको सहयोग लिन्छन्। सामन्था जासुसको भूमिकामा देखिनेछिन्। रोम-कमको कथावस्तुमा आधारित फिल्ममा पूर्व र पश्चिमा संस्कृतिलाई प्रस्तुत गरिनेछ। यो फिल्मको छायांकन भारतको चेन्नई र बेलायतमा हुनेछ। सामन्था आगामी फिल्म ‘कुशी’ मा देखिनेछिन्। फिल्ममा उनीसँगै विजय देवरकोन्डाको मुख्य भूमिका छ। यो फिल्म सेप्टेम्बर १ देखि प्रदर्शन हुनेछ।