२०८१ बैशाख २२ , शनिवार

स्याउले हटाउँछ वृद्धवृद्धामा थकान र कमजोरी

सुनाखरी न्युज/ काठमाडौं । स्याउ र ब्ल्याकबेरीजस्ता फलफूलले वृद्धवृद्धालाई कमजोर हुनबाट जोगाउन सक्ने एक अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यी फलमा क्वासिटिन नामक फ्लेभनोइड्स हुन्छन्, जसले फ्रेयल्टी अर्थात् बुढेसकाल लागेपछि हुने कमजोरी तथा थकान रोक्न महŒवपूर्ण भूमिका खेल्छ। अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसियनमा यो अध्ययन प्रकाशित गरिएको छ।

 

फ्लेभानोल्स र फ्रेयल्टी (कमजोरी)बीचको सम्भावित सम्बन्ध बुझ्न अनुसन्धानकर्ताहरूले १२ वर्षसम्म १७ सय एकजना मानिसको खानपान र फ्रेयल्टीको अवस्थाबारे अध्ययन गरेका थिए। अनुसन्धानअनुसार प्रत्येक दिन १० एमजी फ्लेभानोल्स सेवन गर्दा फ्रेयल्टी विकास हुनबाट २० प्रतिशतले बच्न सकिन्छ। ‘एक दिन एउटा स्याउ खाँदा डाक्टर टाढा रहन्छन् भन्ने पुरानो भनाइ केही सत्य रहेको देखिन्छ,’ अनुसन्धानकर्ताहरूले भनेका छन्। ‘मानिसले स्याउ खाँदा शरीरलाई आवश्यक फ्लेभनोल्स पुग्छ। एउटा मध्यम आकारको स्याउमा झन्डै १० एमजी फ्लेभनोल्स हुन्छ।’ विशेषगरी, क्वासिटिन नामक फ्लेभनोइड्सले फ्रेयल्टी भूमिका खेल्न सक्ने अध्ययनले देखाएको छ। यस्तो पदार्थ फलफूल, तरकारी, बियाँ, अन्नलगायतका खाद्यान्नमा पनि भेटिन्छ।

 

एज युकेका अनुसार मांसपेशीको सामथ्र्य घट्ने, थकान बढ्नेलगायत समस्यालाई सामान्यतया फ्रेयल्टी भनिन्छ। मानिसको मानसिक तथा शारीरिक जोस–जाँगर वा रोग तथा चोटसँग जुधेर फेरि पहिलेकै अवस्थामा फर्कन सक्ने उनीहरूको सामथ्र्यलाई यसले असर गरिरहेको हुन्छ। फ्रेयल भएपछि युरिनरी ट्र्याक इन्फेक्सनलगायत सामान्य स्वास्थ्य समस्याहरू देखिन्छन्। तर, मानिसको स्वास्थ्यमा यसको लामो असर रहन सक्छ। ६५ वर्ष पार गरेका झन्डै १० प्रतिशत मानिस यस्तो समस्या झेलेर बाँचिरहेका हुन्छन्। ८५ वर्षमाथिका २५ देखि ५० प्रतिशतसम्म मानिसमा यस्तो समस्या हुन सक्ने अनुसन्धानकर्ताहरू बताउँछन्।