२०८१ जेठ ७ , सोमवार

सांग्रिला बैंकले वृहत साइकल ¥याली गर्दै, भाग्यमानी एक जनाले साइकल उपहार पाउने

सुनाखरी न्युज/ काठमाडौं । यो वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो वृहत साइकल ¥याली आयोजना गर्ने भएको छ ।

 

जेठ २० गते(आगामी शनिवार) बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल ¥याली २०८०’ आयोजना गर्ने भएको हो । सो दिन बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटार स्थित केन्दि«य कार्यालय अगाडिबाट कार्यक्रमको सुरुवात हुनेछ । ¥यालीले शहरका मुख्य भागको परिक्रमा गर्नेछ । करिब एक घण्टा पछि सानो गौचरणको चौरमा गएर सो ¥याली समाप्त हुने बैंकले जनाएको छ ।

 

बैंकले यस पटक डेभलपमेन्ट बैंककोे छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकल ¥याली आयोजना गरेको थियो । यस साइकल ¥याली कार्यक्रमको लागि White Feathers Communications, Square Eighteen, Sign Pro, Axiom Nepal Pvt. Ltd, Advan Tech Trade Link, R.D Suppliers, World Distribution Nepal Pvt. Ltd, Capital Construction Pvt. Ltd, Nepal Air Conditioning Service, Raj Trading Concern संस्थाहरुको समेत सहयोग रहेको छ ।

 

अघिल्लो वर्षको ¥यालीमा बैंकका कर्मचारीहरु मात्र सहभागी थिए । तर, यस पटक भने विभिन्न क्षेत्रका ३०० बढी साइकल प्रेमीहरुको सहभागीता हुने बैंकको अपेक्षा छ । साइकल ¥यालीमा सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको साथै सहभागीहरु मध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार समेत दिइने बैंकका सूचना अधिकारी श्री अपूर्व प्रशाद जोशी ज्यूले जानकारी दिनुभएको छ । यस्तै, ¥यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा–एउटा बिरुवा उपहार दिइनेछ ।

साइकल ¥यालीमा सहभागीताका लागि बैंकले अनलाइनबाट रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ ।