२०८१ बैशाख २६ , बुधवार

२०२३ मा आमा बन्दै यी चर्चित टेलिभिजन अभिनेत्रीहरू

 

सुनाखरी न्युज / नयाँ वर्ष सन २०२३ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन । यसमा एउटा समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरु यो वर्ष आमा बन्दैछन ।

टिभी अभिनेत्री दिशा परमार र गायक राहुल वैद्य पनि पहिलो पटक अभिभावक बन्न लागेका छन् । दुवैले २०२१ मा विवाह गरेका हुन । उनको सिरियल ‘प्यारका दर्द हे, ‘वो अपना सा’, ‘बडे अच्छे लगते है २’ निकै रुचाइएका सिरियल हुन । त्यस्तै, यो वर्ष ‘भाभीजी घर पर है’ टिभि सिरियलकी अभिनेत्री विदिशा श्रीवास्तव पनि गर्भवती छिन । विवाहको ७ वर्षपछि उनी पहिलो पटक आमा बन्न लागेकी हुन ।

टिभी सिरियल ‘रजिया सुल्तान’ मा चर्चा कमाएकी अभिनेत्री पंखुरी अवस्थी पनि यो वर्ष आमा बन्ने भएकी छन । उनले अभिनेता गौतम रोडेकोसँग विवाह गरेकी हुन् । यी द्वयले २०१८ मा विवाह गरेका हुन ।टिभी सिरियल ‘ससुराल सिमरका’ बाट पहिचान बनाउन सफल अभिनेत्री हुन दीपिका कक्कड । उनले २०१८ मा अभिनेता शोएब इब्राहिमको विवाह गरेकी हुन् । विवाहको पाँच वर्षपछि दीपिका आमा बन्न लागेकी छन । अभिनेत्री इशिता दत्तले पनि यो वर्ष आमा बन्ने सौभाग्य पाएकी छन । उनले सन २०१७ मा विवाह गरेकी हुन । उनले ‘थोडासा बादल थोडासा पानी’, ‘बेपनाह प्यार’, ‘एक घर बनाउँगा’, ‘बहुँ बेगम’ लगायतका चर्चित सिरियलमा काम गरिसकेकी छन । एजेन्सी