२०८१ जेठ ५ , शनिवार

दूध कतिबेला खाने र कसरी खाने?

सुनाखरी न्युज/ काठमाडौं । आयुर्वेदमा दूधको विशेष महत्व हुन्छ। सामान्यतया यसमा पाइने पोषण तत्व अन्य खानेकुराबाट पूर्ती गर्न सकिदैन। दूधले पाचन प्रणालीमा सहयोग गर्छ, पोषण प्राप्त गर्छ र शरिरका दोषलाई सन्तुलन गर्न सहयोग गर्छ।

 

आयुर्वेद अनुसार मानव शरिर तीनटा दोष कफ, पित्त र भत्तबाट बनेको हुन्छ। यो दोषले शरिरलाई असन्तुलन बनाउनुका साथै शरिर कमजोर बनाउछ। दूध पिउदा शरिरमा ऊर्जा प्राप्त हुन्छ। खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ। तसर्थ दूध हाम्रो भोजनको महत्वपूर्ण अंश हो। विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो। चिसो दूधले पेटमा गडबडी गर्ने भएकोले सकभर मनतातो खानुपर्छ। दूधमा बेसार, अदुवा वा अलैची मिसाएर पिउँदा उपयुक्त हुन्छ। यी चिज मिसाएर खाँदा पाचन प्रणालीलाई सशक्त बनाउँछ। आयुर्वेद अनुसार दूध खाने उपर्युक्त समय राती हो। रातमा दूध खाँदा शरिरलाई शान्त पार्ने र गहिरो निन्द्रा लाग्छ। दूधलाई विभिन्न समयमा खाँदा त्यसको पनि भिन्न असर हुन्छ।

 

 

बिहान कहिल्यै नखानुहोस्
स्वास्थ्यका दृष्टिले बिहानमा दूध खानु उपयुक्त हुँदैन। बिहान दूध खानु शरिरका लागि रोग निम्त्याउनु हो।

साझमा बृद्धबद्धालाई उपयुक्त
साँझमा दूध खाँदा बृद्धबद्धाका लागि कल्याण हुन्छ। साँझमा दूध खाँदा किड्नीमा स्टोन भएको समास्यालाई निको पार्छ।

रातमा सबैले खानु उत्तम
रातीमा दूध खानु बालकदेखि बृद्ध सबैलाई फाइदा हुन्छ। राती दूध खाँदा तनाव र थकान हटाउँछ र मस्त निन्द्रा लाग्छ। दूधमा पर्याप्त क्याल्सियम हुन्छ। रातमा शारीरिक गतिविधि न्यून हुने भएकोले क्याल्सियम सजिलै शरिरमा शोषिन्छ।

दूधमा शरिरलाई आवश्यक पोषण तत्व हुन्छ, त्यसलै यसको फाइदा अत्यधिक हुन्छ। तर, कतिपय मानिसको शरिरले दूधमा हुने ल्याक्टोज सहँदैन। यस्तो अवस्थामा उनीहरुले दूध पिउनु हुँदैन। तातो दूधले शरिरलाई आनन्द प्रदान गर्छ। यसले कब्जियतको समस्या समाधान गर्छ।तर चिसो दूध खाँदा वा दूधमा कागती वा केरा मिसाउदा पाचन प्रणालीमा गडबढ गर्छ। दूध केरा खाँदा खोकी र एलर्जी हुन्छ। दूधलाई कहिल्यै पनि नुन मिसाएर खानु हुदैन। किनकी दुबैमा विपरित गुण हुन्छ। प्राय खानापछि तातो दूध खानुपर्छ। खाना खाँदा पनि दूध खानु हुदैन। खाना खाँदा दूध खाएमा पाचन प्रणालीमा गडबढ हुन्छ। पेटमा जुका लाग्दा, पखला लाग्दा, ज्वरो आउँदा कहिल्यै पनि दूध खुवाउनु हुदैन।