२०८१ बैशाख १७ , सोमवार

उच्च अंकले घट्यो नेप्से

Share Down

सुनाखरी न्युज/ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा शेयर लगानीकर्ताहरुलाई निराश बनाएको छ । बजेट आएको भोलीपल्ट अर्थात आज मंगलबारको शेयर बजार उच्च अंकले घटेको छ ।

 

शेयर बजार घटेकोबारे अर्थमन्त्री डा. प्रकाशशरण महत भने लगानीकर्ताहरुले नबुझेका कारण यस्तो भएको बताउँछन् । उनले मंगलबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘आगामी आर्थिक वर्षको लागि आएको बजेटको भोलिपल्ट नै शेयर बजार घट्नु भनेको शायद नबुझेर प्यानिक बनेको होला । अब बुझाउनु पर्छ ।’ मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ५३.१६ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको हो । कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८१८.६० रुपैयाँ पुगेको छ भन् विपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७२.४० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार स्वयत्तगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र सिटिजन म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २१ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।