२०८१ बैशाख ७ , शुक्रवार

चराहरू भगाउन यो कम्पनीमा हुन्छ कामदारको भर्ना

सुनाखरी न्युज/ संयुक्त राज्य अधिराज्यको ‘मिस्टर चिप्स चिपी’ कम्पनीले अनौठो कामका लागि मानिसहरूलाई भर्ना गर्दैछ। सो कम्पनीले चराहरू भगाउनको लागि यो काममा कामदारहरू भर्ना गरिरहेको छ। मानिसहरूले कोरोनाको समयमा विभिन्न उपायहरूको मद्दतले घरमै बसि करोडपति बने।यो माछा चिप्स बनाउने कम्पनी हो। यो कम्पनीले धेरै माछाहरू सङ्कलन गरेर राखेको हुन्छ।

 

माछा भण्डारण गर्ने क्रममा चराहरूले कम्पनीका कर्मचारीलाई आक्रमण गरी माछा चोरेर खान्छन्। जसका कारण सो कम्पनीले धेरै घाटा बेहोर्नु परेको छ। यो जागिर गर्ने मानिसहरूले आफ्नो वरिपरिका चराहरू भगाउने काम गर्नुपर्छ। यो काम कसरी गर्नुहुन्छ यो तपाईंमा भर पर्छ।

 

यो कम्पनी यस्तो कामका लागि प्रतिदिन प्रतिव्यक्ति ३२ हजार रूपैयाँसम्म दिन तयार रहेको छ तर काम तपाईंमा भरपर्छ। यसलाई कसरी गर्नुहुन्छ।तपाईं चराहरू भगाउन सफल हुनुभयो भने सोही दिनको साँझ तपाईंले कम्पनीबाट ३२ हजार रूपैयाँ लगेर जान सक्नुहुन्छ।