२०८१ बैशाख ७ , शुक्रवार

पतिपत्नी बीच सधैं झगडा भइ रहन्छ भने यी उपायहरु अपनाउनुहोस्

 

सुनाखरी न्युज  / काठमाडौं –  पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ । शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ। कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन।बुढापाकाहरू सधैं भन्छन् ‘विवाहको लड्डू खानेले पछुताउँछन्, नखानेले पनि पछुताउँछन’। सानातिना झगडा हुनु सामान्य कुरा हो, तर लामो समयसम्म मनमुटाव हुनु श्रीमान–श्रीमतीको सम्बन्धका लागि राम्रो होइन । विज्ञहरूका अनुसार कुनै पनि सम्बन्धमा सधैं विवाद हुनु भविष्यका लागि राम्रो होइन । जसका कारण सम्बन्धमा दुरी बढ्न थाल्छ ।

 

केही समयपछि दुवैले एकअर्कालाई मन नपराउन थाल्छन् । यस्तो अवस्थामा बिछोडको जोखिम बढ्छ । यसका लागि समय अगावै उपाय अपनाउनु लाभदायक हुन्छ । वास्तुशास्त्रमा श्रीमान–श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन धेरै उपायहरु बताइएका छन् । यी उपाय गर्नाले सम्बन्ध मधुर बन्न सक्छ ।

 

-जानौं–शिव लिंगको पुजाः पति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ।

-सिन्दुरको डिब्बा पति सुत्ने ठाउँमा राख्नेः यदी पती पत्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ। त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ। सूर्यलाई जल चढाउनेः विवाहित जोडिले हरेक बिहान सुर्यलाई जल चढाउने गर्यो भने पनि तपाईबीच हुने गरेको झगडा प्रेममा परिनत हुन थाल्दछ।

-गौमती चक्रः यति शुक्रबार माता दुर्गा र लक्ष्मीको लागि समर्पित छ। यस दिन मन्दिरमा गएर माता लक्ष्मीलाई गुलाबको फूल र श्रृंगारका  सामानहरू चढाउनुहोस्। आमालाई सेतो रङको मिठाई पनि चढाउनुहोस्। यो उपाय गर्नाले सम्बन्ध मधुर बन्न सक्छ ।

 

– श्रीमान–श्रीमतीको सम्बन्धलाई मधुरो बनाउन बिहीबार पहेँलो रङको कपडामा बेसारको गाँठो बाँध्नुहोस्। त्यसपछि हातमा राखेर ‘ओम नमो   भगवते वासुदेवाय नमः’ मन्त्रको जप गर्नुहोस्। अब भगवान विष्णुलाई बेसार चढाउनुहोस्।

-लामो समयदेखि पति–पत्नीबीच मनमुटाव हुन्छ भने हरेक रात सुत्दा तकियामा कपूर राख्नुपर्छ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं सिरानी   मुनि कपूर पनि राख्न सक्नुहुन्छ। भोलिपल्ट बिहान कपूर जलाउनुहोस्। यो उपाय गर्नाले सम्बन्ध मधुर बन्न सक्छ ।

– विवाहित महिलाहरूले उत्तर–पश्चिम कुनामा सुत्नु हुँदैन। यस दिशामा सुत्दा दाम्पत्य जीवनमा समस्या आउँछ । यससँगै धनका देवता कुबेर पनि दुखी हुन्छन् । वास्तुशास्त्र अनुसार पतिलाई दाहिनेतर्फ र पत्नीलाई देब्रेपट्टि सुत्नु पर्छ । यसैले गर्दा सम्बन्ध मधुर रहन्छ ।