२०८१ जेठ ५ , शनिवार

हाई हिल्स लगाउदा यी कुरामा ध्यान दिनुस

सुनाखरी न्युज/ काठमाडौं –  कति पटक महिलाले चाहेर पनि हाई हिल्स लगाउन सकिरहेका हुँदैनन । यस्तोमा तपाईंले केही टिप्स अपनाएर हाई हिल्स लगाउन सक्नुहुन्छ ।हाई हिल्स धेरै महिलालाई मनपर्छ । धेरै युवती र महिलाको हाई हिल्स लगाउने बानी हुँदैन । तरपनि विशेष कार्यक्रममा उनीहरुले हाई हिल्स लगाउने गर्छन् । तर विशेष कार्यक्रममा लगाएको हिलले खुट्टा असाध्यै दुखाउँछ, जसले गर्दा तपाईंको टाउकोसमेत दुख्छ त्यसैले त कतिलाई हिल लगाउनै नपरोस् जस्तो पनि हुन्छ । हाई हिल्स कहिले पनि हतारमा नकिन्नुहोस् । तपाईंले साइज र कम्फर्टमा पनि ध्यान दिनुपर्छ ।

 

– कुनै राम्रो ब्रान्डको हाई हिल्स छान्नुभयो भने यसले तपाईंको खुट्टा खासै नदुखाउन पनि सक्छ ।  एक दिन अचानक हाई हिल्स लगाउँदा तपाईंको आत्मविश्वास पनि कम हुनसक्छ । त्यसैले हाई हिल्स लगाउने बानी बिस्तारै पार्नुहोस् ।

– यस्ता जुत्तालाई घर भित्रै लगाएर पनि बानी पार्न सक्नुहुन्छ वा कतै बाहिर जाँदा पनि लगाउनुभयो भने हिल्समा तपाईंको बानी पर्छ ।

-सिधै हाई हिल लगाउनु तपाईंका लागि जोखिमयुक्त हुनसक्छ । त्यसैले हिल लगाउने बानी पार्न सुरुमा ब्लक हिल लगाउनुहोस् । ब्लक हिल लगाउन सहज भएपछि हाई हिल्स लगाउन सुरु गर्न सक्नुहुन्छ ।

 

-हाई हिल्स लगाउँदा तपाईंले के कुरा ध्यानमा राख्नुपर्छ भने तपाईंको दबाब औँलाको साटो कुर्कुच्चामा हुनुपर्छ ।हिल्स लगाउनुभन्दा अघि   तपाईंले पम्प्स ( जुत्ताको एक प्रकार)  मा पनि आफ्नो बानी पार्न सक्नुहुन्छ । पम्प्स पनि निकै ट्रेन्डी छ र लगभग सबै पहिरनमा सुहाउँछ ।

-जब तपाईंलाई यस्तो जुत्ता लगाउने बानी पर्छ तब हाई हिल्समा सिफ्ट हुन सक्नुहुन्छ । तपाईंले एकै पटक हाई हिल्स नलगाउनुहोस् । सुरुमा   २–३ इन्चको हिलबाट सुरु गर्नुहोस् ।