२०८२ फाल्गुन ३० , शनिवार

आजको मौसम : सामान्यतया सफा रहने, कतै आंशिक बदली

सुनाखरी न्युज/ काठमाडौं । हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागहरू साथै देशका पहाडी भू–भागहरू आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको जल त्थ मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, वागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।