२०८१ बैशाख १५ , शनिवार

नेपाल लाइफद्वारा रू ६४ लाख २५ हजारका दावी भुक्तानी

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेरू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१,कैलाली घर भएका बीमित नर बहादुर साउदको मिति२०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्तिश्री ज्ञानु देवी साउद (श्रीमती)लाई हस्तान्तरण गर्नुभएको छ । आफ्नो जीवनकालमा स्व नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लिटीकापुर शाखा कार्यालय बाट मिती २०७५/०५/१३ गते रु.५०,००,००० बीमाङ्कभएको जीवनबीमा योजनालिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,००० र बोनस बापत रु.१४,२५,००० गरी जम्मा रु.६४,२५,००० इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

कागजात प्राप्त भएको पाँचदिन भित्र नै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रिया लाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।