२०८१ जेठ ५ , शनिवार

के तपाई हाइट नबढेर चिन्तित हुनुहुन्छ ? यस्तो छ हाइट बढाउने उपायहरु

सुनाखरी न्युज/ काठमाडौं । आकर्षक व्यक्तित्वका लागि उचाइको भूमिका महत्वपूर्ण हुन्छ। तपाईं जतिसुकै सुन्दर भएपनि उचाईले साथ नदिएसम्म व्यक्तित्व आकर्षक हुन सक्दैन। उचाई कतिपय अवस्थामा आनुवंशिक कारणमा निर्भर हुन्छ। तर, यदि ठीक ढंगले आफ्नो खानामा भिटामिन र खनिज समावेश गर्नुहुन्छ भने हड्डी मजबूत हुने मात्र नभई उचाई पनि बढ्न मद्दत गर्छ। तर, यदि कुनै कारणले तपाईंको उचाई कम छ भने यी भिटामिनको सेवनबाट लम्बाई बढाउन सक्नुहुन्छ :

 

भिटामिन डी
हड्डी मजबूत बनाउन र लम्बाई बढाउन भिटामिन डीको भूमिका महत्वपूर्ण हुन्छ। यदि शरीरमा भिटामिन डीको कमी हुन्छ भने हड्डी पनि कमजोर हुन्छ। सूर्यको किरणका अलावा भिटामिन डी दूध, गोलभेडा, रसिलो फलफूल, आलु, काउली आदिबाट प्राप्त हुन्छ। यिनीहरुले उचाई बढाउन सहयोग गर्छन्। भिटामिन डीले उचाई बढाउन फस्फोरस र क्याल्सियमलाई लिएर शरीरको हड्डी मजबूत पार्न सहयोग गर्छन्।

भिटामिन ए
शरीरको अंगले उचित रुपमा कार्य गर्नका लागि भिटामिन ए भएको खाना खानु जरुरी हुन्छ। यसबाट हड्डी मजबूत र स्वस्थ हुन्छ। यसका अलावा भिटामिन ए सेवनबाट आँखाको ज्योति पनि बढ्छ र छालामा निखारता आउछ। यसका लागि पालुंगो, चुकन्दर, गाँजर, कुखुराको मासु, दूध, बटर, गोलभेडा आदि खानुपर्छ।

 

भिटामिन बि १
शरीरको विकासका लागि भिटामिन बि १ उपयोगी हुन्छ। यसले पाचन क्रियालाई सुचारु गर्छ र मुटु र स्नायु प्रणालीलाई पनि ठीक ढंगले चलाउन मद्दत गर्छ। यसका साथै यसले शरीरमा रगतको आपूर्तिलाई सही रुपमा गराउँछ। भिटामिन बि १ को मुख्य स्रोत चामल, बदाम, सोयाबिनलगायत हुन्।

भिटामिन बि २
भिटामिन बि २ लाई राइबोफ्लेबिन पनि भनिन्छ। यो उचाई बढाउन अत्यन्त जरुरी हुन्छ। यसले हड्डी, छाला, कपाल र नङकोवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। यो भिटामिनको स्रोत अण्डा, माछा तथा हरिया पात भएका खाद्यपदार्थ हुन्।

भिटामिन सि
भिटामिन सिलाई एस्कर्बिक एसिड पनि भनिन्छ। यसले हड्डी र दाँत मजबूत बनाउछ। यो एक भरपूर एन्टिअक्सिडेन्ट हो र यसले रोग लाग्नबाट बचाउँछ। सानो उमेरमा भिटामिन सि भएको खाना खानाले वृद्धिमा सहयोग पुर्‍याउँछ। भिटामिन सिको मुख्य स्रोत गोलभेंडा, आलु एवं रसिला फलफूल हुन्।

 

प्रोटीन
प्रोटीनयुक्त खाद्यपदार्थले शरीरलाई स्वस्थ बनाउनेमात्र नभई उचाई पनि बढाउछ। यसले शरीरका कोशिकाहरुलाई मर्मत गरी उनीहरुको निर्माणमा मद्दत गर्छ। जुन पदार्थमा एमिनो एसिड पाइन्छ, तिनले सही वृद्धि र शरीरले उचित रुपमा कार्य गर्ने क्षमता प्राप्त हुनछ। माछा, दूध, चिज, माछा, बदाम, दाल र चिकेनमा भिटामिन सि पाइन्छ।

क्याल्सियम र मिनरल
हड्डी मजबूत बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ। दूध, चिज, दही, अण्डा आदि क्याल्सियमका राम्रा स्रोत हुन्, त्यसैले उचाई बढाउन यी खाद्यपदार्थको सेवन गर्नुपर्छ । पालुंगो, ब्रोकाउली, बन्दा, गाजर, दाल, बदाम, केरा, अंगुर आदि खाद्यपदार्थमा क्याल्सियम र मिनरल पाइन्छ। (अनुवाद सामग्री)