२०८१ जेठ ५ , शनिवार

यस्ता छन् नरिवल तेलका फाइदाहरु

सुनाखरी न्युज/ काठमाडौं । १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्। जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ। नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन् । यसका फाइदाहरु निम्न छन् :

 

१. मुटुको रोग र उच्च रक्तचाप रोकथाम गर्छ : नरिवलको तेलमा प्राकृतिक स्याचुरेटेड फ्याट बढी हुन्छ। यसले स्वस्थ कोलेस्टेरोल (एचडील) बढाउनेमात्र होइन, खराब कोलेस्टेरोल (एलडिएल) लाई स्वस्थ कोलेस्टेरोलमा परिवर्तन गर्न सहयोग गर्छ। यसबाट मुटुको रोग र उच्च रक्तचापको समस्याबाट रोकथाम हुन्छ।

२. अल्जाइमरको प्राकृतिक उपचार : कलेजोले यसको एसिड पचाउँदा केटोन भन्ने तत्व निस्कन्छ, जसले दिमागलाई उर्जा प्रदान गर्छ। यसो गर्दा ग्लुकोजबाट शक्ति पैदा गर्न इन्सुलिनको आवश्यकता पर्दैन। अध्ययनहरुबाट के पत्ता लागेको छ भने दिमागले आफ्नै इन्सुलिन पैदा गर्छ। अल्जाइमरका रोगीको दिमागले आफ्नै इन्सुलिन पैदा गर्न सक्दैन। नरिवलको तेलबाट प्राप्त हुने केटोनले दिमागलाई आवश्यक पर्ने वैकल्पिक उर्जा पैदा गर्न मद्धत गर्छ।

३. मिर्गौला स्वस्थ राख्छ : नरिवलको तेलमा मुत्राशय तथा मिर्गौलालाई स्वस्थ राख्ने क्षमता हुन्छ। यस्तै, यसले कलेजोमा क्षति पुग्नबाट समेत जोगाउँछ।

 

४. आर्थराइटिसबाट जोगाउँछ : भारतमा भएको अध्ययनले नरिवलको तेलले अन्य आधुनिक औषधिभन्दा आर्थराइटिसलाई प्रभावकारी रुपमा निको पार्न सहयोग गर्ने देखाएको थियो।

५. क्यान्सर रोकथाम गर्छ : यसले क्यान्सरसंग लड्न पनि सहयोग गर्छ।

६. स्मरण क्षमता बढाउँछ : सन् २००४ मा भएको अध्ययनले नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा उपयोगी भएको पाइएको थियो।

७. छालाको समस्या समाधान गर्छ : यसले अनुहार सफा राख्नुका साथै मोस्चराइजरको काम गर्छ। साथै छालाका धेरै समस्या समाधान गर्न पनि सहयोग गर्छ।

 

 

८. तौल घटाउँछ : विभिन्न अध्ययनहरुले नरिवलको तेलले तौल घटाउन सहयोग पु¥याउँने देखाएका छन्। सन् १९८५ मै गरिएको एक अध्ययनले नरिवलको तेलसहितको क्याप्रिक एसिडको इन्जेक्सनले मुसाहरुमा तीब्र रुपमा तौल घटेको पाइएको थियो।

९. ब्याक्टेरिया मार्छ : नरिवलको तेलमा पाइने आधाजति फ्याटी एसिड लौरिक एसिड हुन्। यो एसिडले ब्याक्टेरिया, भाइरस, फन्जाईलाई मार्छ। यसलाई शरीरमा लगाउनाले यस्ता ब्याक्टेरिया मर्छन्।

१०. बेडरुममा पनि प्रयोग गर्न सकिन्छः यो स्वास्थ्यका लागि फाइदाजनक त हुन्छ नै। यसलाई बेडरुममा छर्कनाले मानिसको सेक्स लाइफमा सकारात्मक महसुस गराउँछ। यो एन्टी फंगल र एन्टी ब्याक्टेरियल भएकाले यसले संक्रमणबाट पनि बचाउँछ।