२०८१ जेठ १ , मंगलबार

सुनचाँदीको भाउ आज स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाका १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।