२०८१ जेठ ५ , शनिवार

लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको शुभारम्भ

सुनाखरी न्युज/ पोखरा । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कले आफ्नो तेश्रो आउटलेटको रुपमा लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारबाट (न्युनतम खुद्रा मुल्य)मा बियर रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । उक्त बारको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पछिल्लो समय रेष्टुरेण्टहरु खुल्ने क्रम बढिरहदा रेष्टुरेण्टहरुले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरी सेवा प्रदान गर्न आवश्यक रहेको वताए ।

भट्टीबाट रुपान्तरित भएर पछिल्लो समय रेष्टुरेण्ट र बारहरु सञ्चालन हुदै आइरदा अहिलेको ब्यस्त समयका कारण मानिसहरुले घरमा खाना खाजा पकाउने समय नभएकै कारण रेष्टुरेण्टहरुमा खाना खाजा खाने क्रम वढ्दो रुपमा रहेको बताउदै गुरुङले ग्राहकको इच्छा र चाहनालाई सञ्चालकहरुले ध्यान दिन जरुरी रहेको बताए ।

होटल टास्कका सञ्चालक मीन गुरुङले गण्डकी प्रदेशमानै पहिलोपटक होटल टास्कको तीनवटै आउटलेटबाट न्युनतम खुद्रा मुल्यमा गोर्खा ब्रुअरीको उत्पादनहरु ग्राहक समक्ष पस्कदै आइरहेको वताए । लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारबाट स्थानिय उत्पादन कोदोको रक्सी (नारे पा)को प्रवद्र्धन संगै पोर्क (कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरुको समेत स्वाद लिन सक्ने गुरुङले बताए ।

कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला “सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने मुल उद्देश्यका साथे लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याइ सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर र खानाका परिकारहरु पस्कने गुरुङको भनाइ रहेको थियो ।

ग्राण्ड ओपनिङको अवसर पारी शनिवार सांझ अहिलेका बहुचर्चित गायक तथा मोडल प्रकाश सपुतको प्रस्तुती मार्फत ग्राहकहरुले मनोरन्जन लिएका थिए । सपुत संगै लोकदोहोरी गायिका बत्ती थापाको दोहोरी प्रस्तुती संगै स्थानिय ब्याण्ड ब्ल्याक फेदरको लाइभ ब्याण्ड प्रस्तुती र तमु प्येल्हु संघ केन्द्रीय युवा समितिको नृत्य मार्फत ग्राहकहरुले भरपुर मनोरन्जन लिएका थिए । आगामी दिनमा पनि विभिन्न ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीहरु ग्राहक समक्ष पस्कने्् योजना रहेको संचालक गुरुङले जानकारी दिए ।