२०८१ बैशाख १५ , शनिवार

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु, ४ वर्षभित्र टप ५ मा पुग्ने उद्घोष

सुनाखरी न्युज/ काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । २०८० जेठ १४ गते आइतबारबाट एकीकृत कारोबार शुरु गरेको कम्पनीले आगामीचार वर्ष भित्र सर्वश्रेष्ठ ५ निर्जीवन बीमा कम्पनी भित्र पर्ने उद्घोष गरेको छ ।

 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गर्नुभएको थियो । मर्जरसँगै कम्पनीको चुक्तापुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँपुगेको छ । कम्पनीको सामान्यजगेडा कोषमा ५९ करोड ६७लाख र बीमा कोषमा७२ करोड ६४ लाखरुपैयाँछ । कम्पनीको नेट वर्थ ३ अर्ब २६ करोड ३५ लाखपुगेको छ । त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायमभएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुलप्रिमियम २३९ करोड ७९ लाख रुपैयाँपुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमागरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दामाथिपुगेको छ ।

 

समारोहलाई सम्बोधनगर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमाकम्पनीहरुले ग्राहक माझ विश्वास बढाउनुपर्नेमाजोड दिनुभयो । बीमा क्षेत्रमाअसीमितजोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीतिल्याएको उहाँले बताउनुभयो । मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवाप्रदानगर्न उहाँले सुझाउनुभयो । उहाँले बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमाथप सुविधा के दिन सकिन्छ खोज्न पनि सल्लाहदिनुभयो । अब उप्रान्तबीमाकम्पनीहरुलाई मापदण्ड पूरा नगरी शाखाखोल्ने अनुमतिनदिने पनिउहाँले सो अवसरमा बताउनु भयो । निश्चित रकमसम्मको दाबी क्षेत्रीयकार्यालयबाट भुक्तानीगर्ने व्यवस्थामिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उहाँको जोड छ ।

 

समारोहमा स्वागतमन्तव्य राख्दै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्तश्रेष्ठले गुणस्तरीय सेवादिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमागएको बताउनुभयो । कम्पनीको पुँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसुस भइरहेकै बेलानियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उहाँको भनाइ छ । अब कम्पनीले नयाँनयाँ क्षेत्रमालगानीगर्र्दै लगानीकर्तालाई उच्चतमप्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवादिने उहाँले बताउनुभयो ।

 

भारत र बंगलादेशसँगतुलनागर्दा जनसंख्याको अनुपातमाबीमाकम्पनी धेरै भएको आफूहरुले पनिअनुभव गरेको श्रेष्ठले बताउनुभयो ।युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्षआजादश्रेष्ठले चार वर्षमाकम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवनबिमा सेवादिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमाउभ्याउने बताउनुभयो । चार वर्षभित्रै व्यक्ति, व्यवसायएवं संस्थाहरुलाई वित्तीय सुरक्षाप्रदान गर्दै समाजमा सकारात्मक प्रभावल्याउने निकायको सूचीमाकम्पनीलाई समावेश गराउने, प्रविधिको उच्चतमप्रयोग गर्दै बीमा सेवालाई डिजिटल इन्स्योरेन्समा परिणत गर्ने र चीरस्थायीएवं नैतिकतवरले कम्पनीसञ्चालन गरी असलकर्पोरेट नागरिक बनाउने योजनाउहाँले सो अवसरमा सुनाउनुभयो ।

 

‘पुरानोको अनुभव र नयाँको भिजनको फ्युजनबाट अभूतपूर्व सिनर्जी उत्पन्नहुने हाम्रो विश्वास छ,’ समारोहमाधन्यवाद ज्ञापन गर्ने क्रममाअध्यक्षश्रेष्ठले भन्नुभयो,‘आगामीदिनमाअझसन्तुलित र व्यावसायिकव्यवस्थापनमार्फत अगाडि बढ्दै सर्वश्रेष्ठ सेवाको ग्यारेन्टी गर्नेछौं । उपलब्धआधुनिकप्रविधिको अधिकतमउपयोग गर्दै देशका दूर दराजसम्मबीमा सेवाविस्तार गर्नेछौं ।’

सेवाप्रवाहलाई अझछिटो छरितो र विश्वसनीयबनाउँदैमित्रवत् वातावरणमा सेवाप्रवाहएवं दाबीभुक्तानीलाई शीघ्र र सहजबनाउनेतर्फ केन्द्रितहुने पनिउहाँले बताउनुभयो । कम्पनीलाई नयाँउचाइमा पु¥याउन स्पष्ट भिजन, नवीनकार्यशैली, अटल इमानदारी र समर्पणका साथ अघि बढ्ने उहाँको भनाइ छ । ‘राज्यलाई सक्दो बढी योगदान र शेयरधनीलाई उच्चतमप्रतिफलको ग्यारेन्टी गर्नुपर्ने कुरालाई हमेसा मनमा राखेर कदमचाल्नेछौं,’ अध्यक्षश्रेष्ठले थप्नुभयो ।

निर्जीवनबीमाव्यवसायी संघका अध्यक्षतथा नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेन्द्र मल्लले कम्पनीलाई शुभकामनादिने क्रममानयाँकम्पनीलाई अनुमतिदिँदानियामकले विचार पु¥याउनुपर्ने बताउनुभयो । नेपालबीमक संघका अध्यक्षचंकी क्षेत्रीले बीमा कम्पनीहरु बीमा सेवानपुगेको जनसंख्यामा पुग्नु पर्नेमाजोड दिनुभयो ।

समारोहमा नेपालबीमा प्राधिकरण, नेपालधितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय रसिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुखतथाउच्चअधिकारीहरु सहभागीहुनुहुन्थ्यो । त्यसैगरी विभिन्न बैंक वित्तीय संस्था र बीमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत, दुवै कम्पनीका संस्थापक सेयरधनी लगायतको पनि बाक्लो सहभागिताथियो ।