२०८१ बैशाख १५ , शनिवार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखा कार्यालयले स्व. बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

 

कम्पनीले सिन्धुली मरिण गाउँपालिका ५ सुनखानी निवासी पुर्ण बहादुर घ्यापकको परिवार तथा हकवालालाई मृत्यु दाबी वापतको ५ लाख ६२ हजार ५०० रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । निज स्वं बीमित घ्यापकले ५ लाख रुपैयाँको १५ वर्षे अवधिको सुरक्षित बीमा गराएका थिए । उनको गत वैशाख ७ गते असामायिक निधन भएपश्चात् कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।

 

मृतक बीमितबाट ३ किस्ताको रकम १ लाख ९ हजार ७७६ रुपैयाँ मात्रै भुक्तानी भएकोमा कम्पनीले निजकै घरमा गई उनकी श्रीमति तारा कुमारी घ्यापकलाई मृत्यु दाबी भुक्तानी स्वरुप बीमाङ्क रकम ५ लाख रुपैयाँ र २ वर्षको बोनस ६२ हजार ५०० रुपैयाँ गरी कुल ५ लाख ६२ हजार ५०० रुपैयाँ भुक्तानी गरिएको हो ।