२०८२ फाल्गुन ३० , शनिवार

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने

सुनाखरी न्युज/ काठमाडौं । हाल कोसी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कोसी र वाग्मती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन\चट्यानसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन\चट्यानसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।