२०८२ चैत्र २ , सोमवार

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबार बिहान १० का लागि बोलाइएको आकस्मिक बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ।

बैठकमा के एजेण्डामाथि छलफल हुने भन्ने पुष्टि भएको छैन । यद्यपि गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने अनुमान गरिएको छ ।

स्रोतका अनुसार आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरुका विषयले पनि बैठकमा स्थान पाउनेछ ।