२०८२ चैत्र २ , सोमवार

भ्रष्टाचारविरोधी आन्दोलनमा हात हाल्यौं, कतिबेला एम्बुसमा पार्ने हुन् थाहा छैनः प्रधानमन्त्री दाहाल 

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठूल-ठूला एक्सनु हुन लागेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शनिबार  आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीय दाहालले जनताले अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा आफूहरूलाई साथ दिने बताए ।

 

प्रधानमन्त्री दाहालले आफूहरूलाई जनयुद्धमा जस्तै भ्रष्टाचारविरोधी आन्दोलनमा पनि जनताले साथ दिने बताए । उनले केही समयमै भ्रष्टाचारविरुद्ध ठूला कारबाही हुने पनि बताए । तर कुन भ्रष्टाचार कस्तो कारबाही हो भन्ने भने उनले खुलाएनन् ।

प्रधानमन्त्री दाहालले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने बताए । आफू प्रधानमन्त्री बनेदेखि नै असफल बनाउने तत्व लागेको पनि उनले दाबी गरेका छन् । आफूलाई अपमानित र घेराबन्दी गर्ने कसरत भइरहेको उनले बताए ।