२०८१ बैशाख ८ , शनिवार

चरा ठोक्किएको आशंकामा बेंग्लोर उडेको निगमको जहाज काठमाडौं फर्कियो

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमको  काठमाडौंबाट बेंग्लोरका लागि उडेको आरए–२२५ जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्किएको छ ।

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो ।

 

धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको पाइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।