२०८१ बैशाख ४ , मंगलबार

जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने, एमालेले अवरोध नगर्ने सहमति

सुनाखरी न्युज / काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

 

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत थियो । तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ । यसका साथै एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ ।

 

संसद सुचारु गराउन ठूला तीन दलका नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री पुष्कपकमल दाहालले संसदमा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि शनिबार लागि बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।