२०८१ बैशाख १५ , शनिवार

गुणस्तरहीन तोरीको तेल बिक्री गरिए कडा कारबाही गरिने

सुनाखरी न्युज / काठमाडौं । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन तोरीको तेल बिक्री गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । अवैध रुपमा भित्रिएको गुणस्तरहीन तोरीको तेल बिक्री गरे व्यापारीहरुलाई कडा कारबाही गर्ने विभागले चेतावनी दिएको हो ।

 

अवैध रुपमा नेपाल भित्रिएको कुनै पनि सामग्री कहीँ कतै सञ्चित गर्न, ढुवानी तथा थोक तथा खुद्रा बिक्री वितरण नगर्न/नगराउन विभागले निर्देशन दिएको छ । कहीँकतै त्यसो गरेको फेला परेमा उपभोक्ता संरक्षण ऐन २०७५ एवं अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही हुने विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता अवैध कार्य भएको पाइएमा गुनासो पोर्टलमा जानकारी गराउन समेत विभागले अनुरोध गरेको छ । कानून बमोजिम इजाजत नलिइ गुणस्तरहीन तोरीको तेल अवैध तरिकारले भित्र्याएर तराईका बजारहरुमा बिक्री भइरहेको भन्दै नेपाल चामल तेल दाल उद्योग संघले पत्र लेखेको थियो ।