२०८१ बैशाख ७ , शुक्रवार

रेशमले आममाफी पाउने सम्भावना टर्यो, राष्ट्रपति कार्यालयले गृहलाई फिर्ता पठायो प्रस्ताव

सुनाखरी न्युज / काठमाडौं । राष्ट्रपति कार्यालयले रेशम चौधरीको आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयलाई फिर्ता पठाएको छ । कानुन अपुग देखिएपछि राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल शुक्रबार गृह मन्त्रालयमा फिर्ता गरेको हो ।

 

रेशमलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा आममाफी दिने तयारीका साथ गृहले राष्ट्रपति कार्यालयलाई प्रस्ताव पठाएको थियो । तर, प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तअनुसार आममाफी उपयुक्त नदेखिएपछि राष्ट्रपति कार्यालयले गृहलाई नै फाइल फिर्ता गरेको हो ।

 

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु प्रकरणमा मुख्य दोषीका रुपमा अदालतले रेशमलाई ठहर गरेको थियो । राष्ट्रपति भवनबाट गृहले पठाएको प्रस्ताव फिर्ता भएसँगै रेशमले आममाफी पाउने सम्भावना टरेको छ ।