२०८१ बैशाख ७ , शुक्रवार

प्याज काट्दा आँसु आँउछ, यसले आँखालाई हानि गर्छ कि गर्दैन ?

सुनाखरी न्युज /  काठमाडौं – प्याज तरकारीमा मात्र हैन स्वास्थ्य र सौन्दर्यमा पनि उत्तिकै महत्वपूर्ण छ । हरेकको भान्सामा प्रायः प्याज प्रयोग भइरहेको नै हुन्छ । प्याज काट्दा आँशु आउँने कुरा त हामी सबैलाई थाहा भएको कुरा हो ।यसरी आँसु आउनेगरी पोल्दा आँखालाई हानि गर्छ कि गर्दैन ? आउनोस् यसबारे जानौँ  :

 

आँखा विशेषज्ञ डाक्टर सैलेश प्रधानका अनुसार प्याजको प्रत्येक पत्रमा एमिनो एसिड र सल्फोनिक एसिड नामक केमिकल हुन्छ । प्याज काट्दा यी दुवै केमिकल मिश्रण भएर सल्फर ग्यास बन्छ । यो ग्यास हाम्रो आँखामा पुग्छ । आँखाको पानीसँग ती केमिकल मिल्दा अर्को एसिड बन्छ( सल्फर । त्यही सल्फर एसिडका कारण प्याज काट्दा हाम्रो आँखाबाट आँसु आउने गरेको डा। प्रधानले बताए ।यसले असर गर्छ कि गर्दैन ?

 

प्याजको रागले आँखा एकछिन पोल्नचाहिँ पोल्छ । तर, भित्री असर भने खासै नगर्ने डाक्टर प्रधानले बताए । ‘बिहानबेलुकी घरमा प्रयोग गरेकाले अलिअलि आँखा पोल्छ, आँसु आउँछ, यसले खासै असर भने गर्दैन,’ उनी भन्छन्, ‘तर धेरै नै प्याज काट्नुपर्‍यो भने केमिकलको मात्रा बढेर आँखा रातो हुन्छ । भित्री समस्या पनि देखिन्छ ।’ आँखा धेरै नै पोल्यो भने सफा पानीले धुनुपर्छ । आँखा मिच्नु भने नहुने डा। प्रधान सल्लाह दिन्छन् ।

प्याज काट्दा आँशु नआउन यस्तो उपाय अपनाउनुहोस् :
(प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्ने ।
(प्याजलाई काट्नु भन्दा केहि समय अगाडिनै प्याजलाई फ्रिजमा राख्ने ।
(प्याज काट्ने ठाउँको छेउछाउमा पङखा नचलाउँने ।
(प्याज काट्ने समयमा चस्मा लगाउँने ।
(काट्नु भन्दा पहिले प्याजलाई पानीमा भिजाउँने ।
(प्याज काट्ने छेउछाउमा मैनबत्ती बाल्ने ।