२०८२ चैत्र २ , सोमवार

पशुपतिको जलहरी सुन कि पित्तल हो प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : एमाले

सुनाखरी न्युज / काठमाडौं –  गएको बुधबार माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा बोलेको विषलाई लिएर एमालेले आज संसद अवरोध गर्‍यो । एमालेको विरोधपछि २० मिनेटका लागि संसद बैठक स्थगित भएको छ । हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराउँदा जलहरीले भट्टको हातमा घाउ लाग्न थालेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनसम्म गुनासो पुग्यो। जलहरी नफेरी भएन भन्ने कुरा पटकपटक उठ्न थालेपछि जलहरी मर्मत गर्ने कि नयाँ बनाउने? प्रश्न उठ्यो।

 

चाँदीको जलहरी मर्मत गर्नुभन्दा किन चाँदीको नयाँ बनाउने, सुनकै हालौं भन्ने सुझाव आयो मुल भट्टबाट। शुक्रबारको प्रतिनिधिसभा बैठकमा सुरूवातमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले
केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गरे।

 

उनले सत्ता पक्षले प्रतिपक्षी दलका नेतालाई आधार, प्रमाण बिना आरोप लगाएको भन्दै सरकारको जवाफबिना संसद् चल्न नदिने स्पष्ट पारे।पशुपतिको जलहरी प्रकरण अख्तियारले छानबिन गरिरहेको छ,’ उनले भने, ‘राजनीतिक ढंगले उठाएको विषयलाई प्रतिपक्षीले ठूलो बनायो ।’एमाले अध्यक्ष केपी ओलीले यो सरकारले भ्रष्टाचार छानबिन नगर्ने भनेपछि उनी प्रधानमन्त्री हुँदा भएका भ्रष्टाचारको विषय किन छानबिन नभएको भनि विषय उठाएको उनको तर्क छ ।

 

ओम्नी, वाइडबडी, पशुपतिको जलहरी लगायतका विषय उनले १० गतेको बैठकमा उठाएका थिए । यो विषयमा छानबिन गर्न संसदीय समिति बनाउन उनले माग गरे । ‘संसदीय समिति बनाएर छानबिन अध्ययन गरौँ,’ उनले भने ।