२०८१ बैशाख १३ , बिहिवार

जापानमा ४ जनाको हत्याको आरोपमा एक व्यक्ति पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । जापानमा बिहीबार अन्धाुधन्द गोली तथा चक्कु प्रहार गरेर चार जनाको हत्या गर्ने संदिग्ध अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जापानी समाचार एजेन्जी क्योदोका अनुसार घटना गराएको अभियोगमा प्रहरीले ३१ वर्षीय मसानोरी आओकीलाई पक्राउ गरेको हो । आओकी स्थानिय राजनीतिक नेता एवं नाकानो शहर परिषद्का अध्यक्ष मासामिची आओकीका छोरा भएको प्रहरीले जनाएको छ । आक्रमणकारीले बिहीबार एक महिलालाई छुरा प्रहार गरेपछि शिकार खेल्न प्रयोग हुने बन्दुकले अन्नधुन्द गोली प्रहार गरेका थिए ।

 

गोली लागेर दुइ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जना जेष्ठ महिलाको उपचारको क्रममा मृत्यु भएको बताईएको छ । एजेन्सी