२०८० चैत्र १६ , शुक्रवार

आइएमई पेमार्फत ‘केटीएम बबल टी’मा फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा छुट

सुनाखरी न्युज/ काठमाडौं ।आइएमई पेले केटीएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ। आइएमई पेले केटीएम बबल टीसँग गरेको सम्झौताअन्तर्गत आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्तनी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो। यो अफर साउन १६ गतेसम्म मात्र लागू हुनेछ।

 

केही समययता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पेले क्यूआर स्क्यान गरी भुक्तनी गर्दा छुट प्रदान गर्दै आइरहेको छ। नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एउटा विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमई पे आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एउटा उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुका मार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा उपलब्ध छ।

 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।