२०८१ बैशाख १४ , शुक्रवार

यस्तो छ आजको मौसम

सुनाखरी न्युज/ काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आँशिक देखि मौसम सामान्य बदली रहने छ। मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

त्यस्तै, शुक्रबार राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।